कुलमान घिसिङले सार्वजनिक गरे निर्वाचन खर्च विवरण
जलसरोकार
काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा गरेको खर्च विवरण सार्वजनिक गरेका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा घिसिङ काठमाडौं–३ बाट उम्मेदवार थिए । उक्त निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजु पाण्डे सँग पराजित भएका थिए ।
घिसिङले निर्वाचनमा कुल १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् । उनले उक्त खर्च विवरण कानुनी प्रावधानअनुसार जिल्ला निर्वाचन कार्यालय काठमाडौं मा पेश गरेका हुन् ।
उनले सार्वजनिक गरेको विवरणअनुसार मनोनयन दर्ताका लागि रु १० हजार खर्च भएको छ भने प्रचारप्रसार सामग्री छपाइ (नमूना मतपत्र, ब्यानर, पर्चा तथा प्रतिबद्धता पत्र) मा रु तीन लाख ५० हजार खर्च गरिएको छ । त्यस्तै १५ दिनका लागि सवारी साधन भाडामा रु तीन लाख २० हजार, ब्याज, टोपी तथा झण्डा छपाइमा रु तीन लाख १० हजार खर्च भएको उल्लेख छ ।
घरदैलो कार्यक्रमका क्रममा खाना खर्चमा रु दुई लाख ७० हजार ५० रुपैयाँ खर्च भएको छ भने एक महिनाका लागि कार्यालय कोठा भाडा तथा सञ्चालनमा रु एक लाख २० हजार खर्च भएको विवरणमा जनाइएको छ ।
घिसिङले आफूले उक्त खर्च विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोग ले स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार प्रस्तुत गरेको बताएका छन् ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य