काठमाडौंको सडक भासिएर मोटसाइकल ढलभित्र, चालक सकुशल
जलसरोकार
काठमाडौं– काठमाडाैंमा सडक भासिएर माेटरसाइकल सहित चालक खाल्टाेमा परेका छन् । काठमाडौं सोह्रखुट्टे-बालाजु सडक खण्डमा सडक भासिएपछि माेटरसाइकल सहित चालक खाल्टाेमा परेका हुन् । खाल्टोमा परेका चालकको स्थानीयले उद्दार गरेका थिए । मोटसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।
प्रहरीकाअनुसार भाँसिएको ठाउँमा पानी जमेकाले खाल्डो नदेखिएर दुर्घटना भएको हो । सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । उक्त ठाउँमा खाल्डो परेको छ । खाल्डोमा एक मोटरसाइकल पनि खसेको थियो ।
आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।
मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स