काठमाडौँ उपत्यकाको वायु प्रदूषण ‘अस्वस्थ’ तहमा
जलसरोकार
काठमाडौँ: काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ अनुसार आज मध्याह्नसम्म उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।
यसैक्रममा काठमाडौँ आज विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये सातौँ स्थानमा राखिएको छ । विश्वकै सबैभन्दा प्रदूषित शहर इजिप्टको कायरो रहेको छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसमको सुख्खा अवस्था, हावा नचल्नु, उद्योग कलकारखानाको सञ्चालन र तीव्र विकास निर्माणका कारण प्रदूषण बढेको हो । उनले औद्योगिक धुवाँ–धुलो, सिमापार प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि असर गरेको बताए ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार, ०–५० एक्युआई ‘राम्रो’ मानिन्छ, ५१–१०० ‘सचेत रहनुपर्ने’, १०१–१५० ‘अस्वस्थ’ र १५१–२०० ‘सबैका लागि अस्वस्थ’ मानिन्छ ।
नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ । यसरी बढ्दो प्रदूषण न्यूनीकरणका लागि फोहोर बाल्ने रोक, सडक सफाइका लागि ब्रुमर र भ्याकुम प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने तयारी छ ।
साथै, राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रमुख सहर, औद्योगिक क्षेत्र तथा जोखिमयुक्त स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरिने र वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
-
पञ्चेश्वरमा सहमतिको संकेत, नेपालले भारतसमक्ष ३०:७० लागत बाँडफाँट प्रस्ताव गर्ने
-
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण, नयाँ दर प्रस्तावका लागि १५ दिने समिति गठन
-
रसुवागढीका नयाँ सीइओका १० प्रमुख चुनौती
-
रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो