कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो
जलसरोकार
काठमाडौं: हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्ड निर्माणको ठेक्का रद्ध गरिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले काठमाडौंस्थित बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) सँगको सम्झौता अन्त्य गरिएको बिहीबार सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको यो सडक निर्माणमा करिब २० किलोमिटरमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी छ। परियोजनाको समग्र प्रगति करिब ८२ प्रतिशत रहेको छ ।
पटक–पटक ताकेता गरिँदासमेत काम नगरेको, सम्झौताअनुसार प्रतिबद्धता पूरा नगरेको र साइट लामो समयदेखि ठप्प बनाएर राखेकाले ठेक्का रद्ध गरिएको कार्यालयले जनाएको छ । ठेक्का रद्धसँगै निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिने उल्लेख छ ।
गत कात्तिक १४ गते निर्माण कम्पनीलाई ’किन ठेक्का नतोड्ने ?’ भनी १५ दिने स्पष्टीकरण मागिएको थियो। तर कम्पनीबाट आएको जवाफ चित्तबुझ्दो नठहरेपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्ध गरिएको योजना कार्यालय धनगढीले स्पष्ट पारेको छ ।
कारोबारमा ढिलाइ, अद्यावधिक कार्यतालिका तथा स्रोत परिचालनको भरपर्दो योजना नपेश भएको, कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित नहुनु र काम सुचारु गर्ने मनसाय नदेखिएकाले ठेक्का रद्ध गर्नु अनिवार्य भएको कार्यालयले जनाएको छ ।
अब कार्य सम्पादन जमानत जफत गरिने, बाँकी काम पूरा गर्न सरकारलाई हुनुपर्ने खर्च सरकारी बाँकी सरह असुल गरिने र निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको छ ।
बाँकी कामको नापजाँच तथा वित्तीय फरफारकका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई आग्रह गरिएको छ । उपस्थित नभएमा कार्यालयले नै नापजाँच गरी प्रक्रिया अघि बढाउने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो