कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुल्ने, सर्वसाधारणका लागि ६.८४ लाख कित्ता
जलसरोकार
काठमाडौँ : कालिन्चोक हाइड्रोपावर लिमिटेड ले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसअघि ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ।
अब दोस्रो चरणमा ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित राखी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ। प्रतिकित्ता अंकित मूल्य रु १०० तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा चैत २५ गते र ढिलोमा २०८३ वैशाख ६ गतेसम्म बन्द हुने जनाइएको छ।
कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले ‘केयर-एनपी डबल बी इश्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत करिब रु १ अर्ब २० करोड रहेको छ। प्रतिमेगावाट लागत रु २४ करोड १४ लाख रहेको उक्त आयोजनाको लगानी फिर्ता अवधि ९.१९ वर्ष (साधारण) र १५.३६ वर्ष (डिस्काउन्ट) रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा Mero Share मार्फत आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य