कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौं : कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (चैत २२ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि बाँकी रहेको शेयर अब सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
दोस्रो चरणमा कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १६ हजार ५०० कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित राखेको छ। बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो, जसको कुल रकम ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर हुन्छ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ छिटोमा चैत २५ गते बन्द हुनेछ भने मागअनुसार ढिलोमा २०८३ साल वैशाख ६ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना निर्माणमा कुल १ अर्ब २० करोड रुपैयाँ लागत लागेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २४ करोड १४ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी रहेको जनाइएको छ।
यस आयोजनामा लगानी गरिएको पूँजी साधारण अवस्थामा ९.१९ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने छुटदरमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आईपीओका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो