नेप्सेमा कालिन्चोक हाइड्रोपावरको पहिलो कारोबार, प्रतिकित्ता मूल्य ३०० रुपैयाँ कायम
जलसरोकार
काठमाडाैं : कालिन्चोक हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिलो पटक कारोबार भएको छ ।
कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर ‘केएचपीएल’ टिकर संकेतमार्फत कारोबार सुरु गरिएको स्राेतले जनाएकाे छ ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापक समूहको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता शेयर गत जेठ ८ गते नेप्सेमा सूचीकृत भएको थियो ।
सूचीकृत शेयरको पहिलो कारोबार जेठ ११ गतेको स्पेशल प्रि–ओपन सेसनमै हुने अपेक्षा गरिएको थियो । तर, उक्त दिन खरिद–बिक्री आदेश मिलान (म्याचिङ) हुन नसकेपछि कारोबार हुन सकेको थिएन । त्यसपछि आज कम्पनीको पहिलो कारोबार सम्पन्न भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । सोही रेञ्जभित्र कम्पनीको पहिलो कारोबार अधिकतम मूल्य ३०० रुपैयाँमा सम्पन्न भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य