कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
जलसरोकार
काठमाडौँ : कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो।
कम्पनीले चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता रु १०० अंकित दरमा ६ लाख ८४ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो, जसको कुल मूल्य ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर हो।
उक्त आईपीओमा उच्च चासो देखिँदै कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएका थिए भने बाँकी आवेदन रद्द गरिएको थियो।
माग अत्यधिक भएपछि गोलाप्रथाबाट बाँडफाँट गर्दा ६८ हजार ४७५ जना लगानीकर्ताले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
विश्लेषकहरूका अनुसार साना आईपीओमा देखिने उच्च प्रतिस्पर्धाले नेपाली सेयर बजारमा ऊर्जा क्षेत्रप्रति लगानीकर्ताको आकर्षण अझै बलियो रहेको संकेत गर्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो