कालीगण्डकी सडक पहिरोले पूर्ण अवरुद्ध
जलसरोकार
गुल्मी: कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कबजार क्षेत्रको बीच भागमा आज बिहान ठूलो चट्टानसहितको पहिरो खसेपछि कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक बन्द भएको खबर प्राप्त हुनासाथ प्रहरीले पुर्तीघाट प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । उनका अनुसार पहिरोले बाटो पूरै थुकेकाले तत्काल आवागमन सम्भव नभएको छ ।
हाल पहिरो पन्छाउने काम स्थानीय प्रशासन, प्रहरी र डोजरमार्फत तीव्र गतिमा भइरहेको बताइएको छ । लगातार वर्षाका कारण थप पहिरो खस्ने सम्भावना रहेकाले सावधानीपूर्वक काम भइरहेको छ ।
स्थानीय बासिन्दाले पहिरो हटाउन ढिलाइ भएमा आवश्यक सेवामा समस्या आउने भन्दै छिटो सडक सुचारु गर्न माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
थर्कबहादुरले ऊर्जामन्त्रीलाई थाङ्नामा सुताए
-
आयातको बाढी, निर्यातको सुस्त गति : १७ खर्ब ८१ अर्बको व्यापार घाटाले अर्थतन्त्रमा दबाब
-
तनहुँका भूमि प्रशासन र नापी सेवामा सुधार गर्न सांसद न्यौपानेको माग
-
अर्थमन्त्री वाग्लेबाट आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य पूरा गर्न निर्देशन
-
नेप्से १४.१७ अंकले बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ६९ करोडमा सीमित
-
खुला प्रतिस्पर्धाबाट फेरि अध्यक्ष बने डा. धिताल, विद्युत् नियमन आयोगमा पुरानै नेतृत्वको पुनरागमन