वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध
जलसरोकार
गुल्मी : निरन्तर वर्षासँगै पहिरो खस्दा गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा कालीगण्डकी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बिहान पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । उनका अनुसार सडक माथिबाट अझै पनि पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न कठिन भएको छ ।
सडक सञ्चालनका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको भए पनि बुधबार अपराह्नदेखि वर्षा नरोकिएकाले काम अघि बढाउन समस्या भएको प्रहरीले जनाएको छ ।
करिडोर अवरुद्ध भएपछि गुल्मी र आसपासका क्षेत्रका सवारी साधन बीचमै रोकिएका छन् भने यातायात सेवा पूर्णरूपमा प्रभावित भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स