वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध
जलसरोकार
गुल्मी : निरन्तर वर्षासँगै पहिरो खस्दा गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा कालीगण्डकी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बिहान पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । उनका अनुसार सडक माथिबाट अझै पनि पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न कठिन भएको छ ।
सडक सञ्चालनका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको भए पनि बुधबार अपराह्नदेखि वर्षा नरोकिएकाले काम अघि बढाउन समस्या भएको प्रहरीले जनाएको छ ।
करिडोर अवरुद्ध भएपछि गुल्मी र आसपासका क्षेत्रका सवारी साधन बीचमै रोकिएका छन् भने यातायात सेवा पूर्णरूपमा प्रभावित भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी