वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध
जलसरोकार
बागलुङ: अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डमा यातायात सेवा ठप्प भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
पहिरोका कारण सो खण्डमा सवारीसाधन आवागमन रोकिएको छ । विशेषगरी कालाखोला क्षेत्र यसअघि पनि बारम्बार पहिरो खस्ने संवेदनशील स्थानका रुपमा रहेको छ । अहिले पनि ठूलो मात्रामा माटो र ढुंगामाटो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।
प्रहरीका अनुसार वर्षा जारी रहेकाले तत्काल सडक खुलाउने काममा कठिनाइ भएको छ । वर्षा रोकिएलगत्तै कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिका मिलेर सडक सुचारु गर्ने प्रयास गर्ने तयारी गरिएको छ ।
यस अवरोधका कारण बागलुङ हुँदै आवतजावत गर्ने यात्रु र स्थानीयवासीले समस्या भोग्नुपरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स