भारी वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध
जलसरोकार
काठमाडैं: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । लगातारको भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोला क्षेत्रमा आज बिहान करिब ९ बजे माथिल्लो भागबाट ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
यो सडक खण्ड पाँच दिनअघि पनि ठूलो पहिरोका कारण अवरुद्ध भएको थियो । मंगलबार दिउँसो मात्र पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको करिडोर पुनः अवरुद्ध हुँदा दक्षिण बागलुङसँगको सीधा यातायात सम्पर्क विच्छेद भएको छ ।
प्रहरी निरीक्षक थापाका अनुसार अहिले पनि वर्षा भइरहेकाले तत्काल सडक खुलाउन सम्भव नभएको हो । सडक अवरुद्ध भएपछि बागलुङबाट बुटवल, पाल्पा, भैरहवा लगायतका स्थानतर्फ गएका सवारी साधन बीचमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । “कालाखोला क्षेत्रमा ठूलो पहिरो खसेको छ । पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, तर आज फेरि ठूलो पहिरो खसेर सडक बन्द भएको छ,” थापाले भने ।
उनका अनुसार ठूला–ठूला चट्टानसहितको पहिरो खसेकाले पन्छाउने कार्य कठिन भएको छ । वर्षा रोकिएपछि कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ