भारी वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध
जलसरोकार
काठमाडैं: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । लगातारको भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोला क्षेत्रमा आज बिहान करिब ९ बजे माथिल्लो भागबाट ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
यो सडक खण्ड पाँच दिनअघि पनि ठूलो पहिरोका कारण अवरुद्ध भएको थियो । मंगलबार दिउँसो मात्र पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको करिडोर पुनः अवरुद्ध हुँदा दक्षिण बागलुङसँगको सीधा यातायात सम्पर्क विच्छेद भएको छ ।
प्रहरी निरीक्षक थापाका अनुसार अहिले पनि वर्षा भइरहेकाले तत्काल सडक खुलाउन सम्भव नभएको हो । सडक अवरुद्ध भएपछि बागलुङबाट बुटवल, पाल्पा, भैरहवा लगायतका स्थानतर्फ गएका सवारी साधन बीचमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । “कालाखोला क्षेत्रमा ठूलो पहिरो खसेको छ । पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, तर आज फेरि ठूलो पहिरो खसेर सडक बन्द भएको छ,” थापाले भने ।
उनका अनुसार ठूला–ठूला चट्टानसहितको पहिरो खसेकाले पन्छाउने कार्य कठिन भएको छ । वर्षा रोकिएपछि कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स