कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार लगानीकर्ताले पाए १०–१० कित्ता
जलसरोकार
काठमाडौं : कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो अवधिमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
आवेदनमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको र बाँकी आवेदन रद्द भएको कम्पनीले जनाएको छ। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो।
बाँडफाँट अनुसार २ लाख ८७ हजार लगानीकर्ताले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना