काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री कुलमान घिसिङ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छ्न् ।
सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृत्तिलाई निरुत्सहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुुःखको अन्त्यका लागि ठेक्का तोड्नु बाध्यता रहेको उल्लेख गरे ।
सडक विभागले हालसम्म ४० वटा रुग्ण ठेक्का तोडेको छ ।
नियोजित रुपमा कुनै पनि ठेक्का नतोडिएको प्रष्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको बताए ।
उनले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठूलो योगदान रहेकाले उनीहरुको क्षमता एवम् दक्षता अभिबृद्धिमा जोड दिए ।
संघ, प्रदेश र स्थानीय तहले सडक निर्माण तथा मर्मत गरिरहेकाले आम नागरिकले कुन सडकमा कसको क्षेत्राधिकार रहेको थाहा नपाएका कारण सडक भनेको सडक विभागले नै बनाउने हो भन्ने बुझ्दा संघ सरकारप्रति धेरै आक्रोश आउनुका साथै अपेक्षा पनि राख्ने गरिएको उनले टिप्पणी गरे । साथैं, उनले सडक मर्मत सम्भारलाई नियमित रुपमा तदारुकताका साथ गर्न निर्देशन दिए ।
सडक पूर्वाधारको मर्मत सम्भार तथा संरक्षण खर्च व्यवस्थापनका गर्न ‘सेवाका लागि दस्तुर’ सिद्धान्त अनुरुप बोर्डले उपभोक्ताबाट दस्तुर उठाई वित्तीय व्यवस्थापन गरिने अवधारणालाई विस्तार गर्दै लैजाने जनाएको छ ।
सडक पूर्वाधारको योजनाबद्ध एवम् प्रभावकारी ढंगबाट मर्मत सम्भारका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्न बोर्डको स्थापना भएको हो । बोर्डले हाल भैरहवा-भुमही सडकअन्तर्गत भैरहवाको वसन्तपुरस्थित टोलबाट विद्युतीय प्रविधिका सडक उपभोग दस्तुर (टोल) संकलन गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु