जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक : मन्त्री बस्नेत
जलसरोकार
काठमाडौं– उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्। आजदेखि काठमाडौंमा सुरु भएको तीन दिने हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै बस्नेतले यस्तो बताएका हुन्। नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ। यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ।’
‘नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ। आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्ने छौँ,’ उनले भने। यस्तै,उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए । उनले विद्युतीय सवारीसाधनहरूको र्याली नेपालमै धेरै विद्युत् खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए ।
हिमालयन हाइड्रो एक्स्पो सुरु, सुरुवातअघि विद्युतीय सवारी र्याली
अध्यक्ष कार्कीले जलविद्युत र ऊर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरू विगतमा नहुने गरेको भए पनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रूपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताए । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत् उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए। अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरूलाई दिन आवश्यक रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा