हिमालयन हाइड्रो एक्स्पो सुरु, सुरुवातअघि विद्युतीय सवारी र्याली
जलसरोकार
काठमाडौं–हिमालयन हाइड्रो एक्स्पो सुरुवात अघि विद्युतीय सवारी र्याली आयोजना भएको छ । र्यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चौथो संस्करण हिमालयन हाइड्रो एक्स्पो सुरुवात अघि बिहान विद्युतीय सवारी प्रर्वद्धन गर्ने उद्देश्यले इभी र्याली आयोजना भएको हो ।
उद्घाटनका अवसरमा बोल्दै बस्नेतले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पानको) ले लगानी सम्मेलनको अगाडि आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे । ‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने । हाइड्रो एक्स्पोले नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले बताए ।

इप्पान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफै खपत गरौं भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए । सरकारे सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए । ‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ’ उनले भने ।
अध्यक्ष कार्कीले जलविद्युत र ऊर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरू विगतमा नहुने गरेको भए पनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रूपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताए । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत् उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए। अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरूलाई दिन आवश्यक रहेको बताए ।

इभेन्ट सोलुसनका प्रबन्धक विजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरण मैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए ।
हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो । र्यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए ।
'हिमालयन हाइड्रो एक्स्पो' भाेलिदेखि, यस्तो छ कार्यक्रमको कार्यतालिका

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने