निजी क्षेत्रको संलग्नता बढाउने गरी विद्युत विधेयक संशोधन गर्न आवश्यक
जलसरोकार
काठमाडौँ,: सांसदहरुले विद्युत् क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । बिहिबार सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको विद्युत् विधेयक २०८०माथि संशोधनकर्तासँगको छलफलको क्रममा उनीहरुले विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार रहेकाले यस क्षेत्रलाई बढी चलायमान बनाउन आवश्यक रहेको बताए ।
संशोधनकर्ता गोकुल बाँस्कोटाले विद्युत् क्षेत्रमा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै अझै बढी गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिए । “विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार हो, यस क्षेत्रको विकासमा निजी क्षेत्रको संलग्नता बढाउने गरी विधेयक संशोधन गर्न आवश्यक छ,” उनले भने, । अर्का संशोधनकर्ता दामोदर पौडेल बैरागीले विद्युत् विकासमा स्थानीय तहको क्षमता बलियो बनाउने नीति आवश्यक रहेको बताए ।
अर्का संशोधनकर्ता रोशन कार्कीले विद्युत् क्षेत्रको विकासमा निजी लगानी आकर्षण गर्ने नीति लिन आवश्यक रहेको बताए । संशोधनकर्ता दीपा शर्माले नेपाल जलस्रोतको धनी मूलुक भए पनि आवश्यकता अनुसार विद्युत् उत्पादन हुन नसकेकाले विद्युत् उत्पादन प्रवद्र्धनलाई प्राथमिकता दिन आवश्यक रहेकोमा जोड दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स