निजी क्षेत्रको संलग्नता बढाउने गरी विद्युत विधेयक संशोधन गर्न आवश्यक

काठमाडौँ,: सांसदहरुले विद्युत् क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । बिहिबार सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको विद्युत् विधेयक २०८०माथि संशोधनकर्तासँगको छलफलको क्रममा उनीहरुले विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार रहेकाले यस क्षेत्रलाई बढी चलायमान बनाउन आवश्यक रहेको बताए ।
संशोधनकर्ता गोकुल बाँस्कोटाले विद्युत् क्षेत्रमा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै अझै बढी गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिए । “विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार हो, यस क्षेत्रको विकासमा निजी क्षेत्रको संलग्नता बढाउने गरी विधेयक संशोधन गर्न आवश्यक छ,” उनले भने, । अर्का संशोधनकर्ता दामोदर पौडेल बैरागीले विद्युत् विकासमा स्थानीय तहको क्षमता बलियो बनाउने नीति आवश्यक रहेको बताए ।
अर्का संशोधनकर्ता रोशन कार्कीले विद्युत् क्षेत्रको विकासमा निजी लगानी आकर्षण गर्ने नीति लिन आवश्यक रहेको बताए । संशोधनकर्ता दीपा शर्माले नेपाल जलस्रोतको धनी मूलुक भए पनि आवश्यकता अनुसार विद्युत् उत्पादन हुन नसकेकाले विद्युत् उत्पादन प्रवद्र्धनलाई प्राथमिकता दिन आवश्यक रहेकोमा जोड दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्री घिसिङ मन्त्रालय र प्राधिकरणका टोलीसहित आफै पुगे भार प्रेषण केन्द्र
-
ट्रंक तथा डेडिकेटेडकाे बक्यौता नतिर्ने उद्योगहरुकाे लाइन काट्न सुरु
-
लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
-
आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग
-
तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?