इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशन जेष्ठ २९ गते हुने
जलसरोकार
काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आगामी २०८३ साल जेष्ठ २९ गते २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन आयोजना गर्ने भएको छ । संस्थामा हाल ७०० भन्दा बढी ऊर्जा कम्पनी सदस्य रहेका छन् ।
इप्पानले जारी गरेकाे प्रेस विज्ञप्तिअनुसार २०८० साल जेष्ठ ३२ गते सम्पन्न २१औँ साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । उक्त समितिले २०८२ साल जेष्ठ २९ गते संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहितको मस्यौदा प्रतिवेदन पेश गरेको थियो ।
त्यसपछि २०८२ साल असार ३१ गते सम्पन्न २३औँ साधारणसभाले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने अधिकार संस्थाका अध्यक्षलाई दिएको थियो । तर २०८३ साल वैशाख ४ गते सम्पन्न २००औँ कार्यसमिति बैठकले इप्पानको विधान २०७८ अनुसार नै २४औँ साधारणसभा तथा ८औँ अधिवेशन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
त्यसैगरी, २०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव अघि बढाउँदै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने प्रस्ताव गरेको छ । साथै, एक कार्यकाल कार्यसमितिमा रहेका योग्य सदस्यले अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने तथा अन्य सबै पद खुला प्रतिस्पर्धाबाट चयन हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
इप्पानले सबै पदमा सर्वसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन सम्पन्न गरी अधिवेशन सफल बनाउने निर्णय भएको जनाएको छ ।
यसैबीच, उपमहासचिव प्रकाशचन्द्र दुलालले विधान हराएको र विधानविपरीत साधारणसभा आयोजना हुन लागेको भन्ने अभिव्यक्ति सार्वजनिक गरेकोप्रति इप्पानले आपत्ति जनाएको छ । संस्थाले ती आरोपलाई “अर्नगल र कपोलकल्पित” भन्दै खण्डन गरेको छ ।
इप्पानका अनुसार विधान संशोधन मस्यौदा समिति तथा प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको छ र कुनै कागजात हराएको छैन । संस्थाले यस्तो गलत प्रचारप्रति भ्रममा नपर्न सबै ऊर्जा व्यवसायीलाई आग्रह गरेको छ ।
इप्पानले २०८३ साल जेष्ठ ९ र १० गते सार्वजनिक सूचना जारी गरिसकेको र तोकिएको मितिमा नै साधारणसभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना