नेप्सेमा कालंगा र सानिगाड हाइड्रोको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार खुल्ने
जलसरोकार
काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कालंगा हाइड्रो लिमिटेड (KAHL) र सानिगाड हाइड्रो लिमिटेड (SGHL) को आईपीओ सूचीकृत भएको छ। नेप्सेका अनुसार कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता तथा सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत गरिएको हो।
कालंगा हाइड्रोको सूचीकृत शेयरमध्ये सर्वसाधारणलाई निष्कासन गरिएको ४९ लाख कित्ता र संस्थापक शेयरधनीको ९१ लाख कित्ता शेयर रहेका छन्। त्यस्तै, सानिगाड हाइड्रोको कुल सूचीकृत शेयरमध्ये सर्वसाधारणलाई वितरण गरिएको ८५ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीको १ करोड ९९ लाख ५० हजार कित्ता शेयर समावेश छन्।
सूचीकृत भएसँगै दुवै कम्पनीको शेयर बिहीबार स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ।
नेप्सेले पहिलो कारोबारका लागि कालंगा हाइड्रोलाई प्रतिकित्ता ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ। त्यस्तै, सानिगाड हाइड्रोलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरिएको छ।
कालंगा हाइड्रोको शेयर 'KAHL' र सानिगाड हाइड्रोको शेयर 'SGHL' टिकर संकेतमार्फत नेप्सेमा कारोबार हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन