टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न
जलसरोकार
काठमाडाैं : टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ रहेको छ।
उक्त आईपीओमा लगानीकर्ताबाट अत्यधिक आवेदन परेको थियो। कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाले आवेदन दिएका थिए भने तीमध्ये २७ लाख ७१ हजार २५२ आवेदन सदर भएका थिए। बाँकी आवेदन रद्द गरिएको जनाइएको छ।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा (लक्की ड्र) प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो। यसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता शेयर सोही समूहका लगानीकर्तामाझ वितरण गरिएको छ। यसअनुसार ५ जना लगानीकर्ताले अतिरिक्त १–१ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य