आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासमा लगानी गरौ : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरुमा लगानीगरी राम्रो प्रतिफल लिन सकिने बताए ।
“नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना र विरोध गर्ने गरेको पाइन्छ । विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ”, उनले भने, । उनले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्तामा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको बताए ।
त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, युएइका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा २० अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात, कात्तिकमा ४ अर्बभन्दा बढीको कारोबार
-
सुन तोलामा २ हजार महँगिदा चाँदी कति ?
-
चमेराको बास जोगाउन तनहुँ जलविद्युत् आयोजनाले बनाउँदै तीन वैकल्पिक आवास
-
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
-
बिजुली अभाव टार्न प्राधिकरणले आयातको टेण्डर निकाल्यो, यता मन्त्री भने खपत बढाउन निर्देशन दिँदै
-
पुरानो बानेश्वर र आसपासका क्षेत्रमा चार दिन विद्युत् कटौती हुने