सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मुद्दती निक्षेपमा ब्याजदर घट्दै, १९ वाणिज्य बैंककाे ५ प्रतिशतभन्दा तल

जलसरोकार
सोमबार, चैत ३०, २०८२ | ०९:२२:१४ बजे

 

काठमाडौं : व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्दै गएको छ। २०८३ वैशाख महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १९ वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ।

यसअघि चैत महिनामा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंक ले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका थिए। तर वैशाखका लागि हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएपछि १९ बैंकको दर ५ प्रतिशतभन्दा तल झरेको हो। एनएमबि बैंक ले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकहरूको अधिकतम ब्याजदरको औसत ०.०९४ प्रतिशत बिन्दुले घटेको छ। चैतमा ४.४९४ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा घटेर ४.४ प्रतिशतमा झरेको छ।

वैशाखका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक ले ब्याजदर घटाएका छन्।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटेको छ। चैत महिनामा ३.२९२५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर वैशाखमा घटेर ३.२२९५ प्रतिशतमा झरेको छ, जुन ०.०६३ प्रतिशत बिन्दुको गिरावट हो।

बैंकिङ क्षेत्रमा अधिक तरलता, कर्जा मागमा कमी र ब्याजदर घटाउने नीतिका कारण निक्षेपको ब्याजदरमा लगातार दबाब परेको विश्लेषण गरिएको छ।

 

वाणिज्य बैंकहरूको ब्याजदर (चैत २०८२ vs वैशाख २०८३)

क्र.सं.बैंकको नामचैत (व्यक्तिगत)चैत (संस्थागत)वैशाख (व्यक्तिगत)वैशाख (संस्थागत)फरक (व्यक्तिगत)फरक (संस्थागत)
1सिद्धार्थ बैंक४.२५३.५५.००३.२५-०.२५-०.२५
2एभरेष्ट बैंक४.२५३.५४.०५३.५-०.२००
3कुमारी बैंक४.१२३.५४.०५३.५-०.०७०
4स्ट्यान्डर्ड चार्टर्ड४.१२.२७४.१०२.७५-०.०१०
5सिटिजन्स बैंक४.५३३.१५३-०.३५०
6प्राइम कमर्सियल४.१५२.२७४.१५२.७५००
7कृषि विकास बैंक४.१५२.७५४.१५२.७८०+०.०३
8नेपाल SBI बैंक४.२५२.७५४.२५२.७५००
9हिमालयन बैंक५५४.५३.७५-०.५०-०.२५
10नेपाल बैंक४.५३४.५३००
11ग्लोबल IME बैंक४.५३४.५३००
12माछापुच्छ्रे बैंक४.५३४.५३००0
13लक्ष्मी सनराइज४.५४.२५४.५३.२५००
14सानिमा बैंक४.५३.३४.५३.३००
15नेपाल इन्भेष्टमेन्ट मेगा४.५३.५४.५३.५००
16प्रभु बैंक४.५५२.७५४.५५२.७५००
17नबिल बैंक४.५५३.५५४.५५३.०१०-०.५४
18एनआईसी एशिया५५४.७५३.७५-०.२५-०.२५
19राष्ट्रिय वाणिज्य बैंक५४४.७५४-०.२५०
20एनएमबि बैंक५४५४००

औसत

विवरणचैतवैशाखफरक
व्यक्तिगत४.४९४%४.४०%-०.०९४
संस्थागत३.२९२५%३.२२९५%-०.०६३

 

प्रकाशित मिति : सोमबार, चैत ३०, २०८२ | ०९:२२:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया