सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया, आईटी क्षेत्रमा कर्जा र नवीन बैंकिङ सेवाबारे छलफल

जलसरोकार
बुधबार, कात्तिक १९, २०८२ | १५:२१:०८ बजे

 

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयमा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बैंकले आईटी क्षेत्रका लागि कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, डिजिटल तथा नविनतम बैंकिङ्ग सेवा, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायलगायतका विषयमा विस्तृत छलफल गरेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी व्यवसाय विस्तारका उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले आम नागरिकमा वित्तीय साक्षरता बढाउन देशभर वित्तीय साक्षरता कार्यक्रमहरू पनि सञ्चालन भइरहेको बताए ।

बैंक र नास–आईटीबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै संस्थामा आवद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ । यसैक्रममा, ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

ग्लोबल आइएमई बैंकले हालसम्म बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ ।

मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको यो निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : बुधबार, कात्तिक १९, २०८२ | १५:२१:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया