रोल्वालिङ खोलाको ईएम आयात र जडानको जिम्मा भारतीय कम्पनी बिएफएल हाइड्रो इन्डियालाई


काठमाडौँ - दोलखामा निर्माणाधीन २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरणको आयात तथा जडानको जिम्मा भारतको बि-फोरेस प्रालि बेड्लोर (बिएफएल हाइड्रो इन्डिया) पाएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल (ईएम) उपकरणको आयात तथा जडानको काम बीएफएल हाइड्रो इन्डिया गर्ने भएको हो । शुक्रबार
हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि र बीएफएल हाइड्रो ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन अर्थात् अध्ययन, खरिद र निर्माण) ठेक्का सम्झौता भएको हो। सम्झौतापत्रमा हाइ हिमालयका अध्यक्ष किरण मल्ल र बीएफएलका प्रमुख कार्यकारी अधिकृत गोविन्द नायकले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बिएफएलले आयोजनामा जडान हुने ईएम उपकरणको डिजाइन, उत्पादन, आयात तथा जडानको सम्पूर्ण कार्य गर्ने छ । साथै, विद्युतगृहको कार्यमा प्राविधिक सहयोगसमेत प्रदान गर्ने सम्झौता भएको छ
कार्यक्रममा हाई हिमालयका अध्यक्ष मल्लले आयोजनामा ईएम उपकरण आयात तथा जडानको काम बीएफएलले तोकिएको समययिभत्रै पूरा गर्ने विश्वास व्यक्त गरे ।
सम्झौता अनुसार बिएफएल हाइड्रो इन्डियाले आयोजनामा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरणको डिजाइन, उत्पादन, आयात तथा जडानको सम्पूर्ण कार्य गर्नेछ । साथै, बिएफएल हाइड्रो इन्डियाले आयोजनाको विद्युतगृहको कार्यमा प्राविधिक सहयोग पनि उपलब्ध गराउनेछ । सम्झौतामा हस्ताक्षरपछि बिएफएल हाइड्रो प्रमुख नाइकले निर्धारित समयभित्र आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले हाइ हिमालयमार्फत नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले अगाडि बढाएको आयोजनासँग जोडिएर काम गर्न पाउँदा खुशी लागेको बताए ।
भावी दिनमा पनि नेपालका अन्य आयोजनासँग जोडिएर काम गर्दै जाने योजना रहेको उनले बताए । बिएफएल हाइड्रो इन्डिया यसअघि नेपालमा निजी लगानीका २ दर्जन जलविद्युत आयोजनामा काम गरिसकेको छ ।
हाइ हिमालयका अध्यक्ष मल्लले बिएफएल हाइड्रो इन्डियाले निर्धारित समयभित्रै गुणस्तरीय काम गर्नेमा विश्वस्त रहेको बताए । 'बिएफएल हाइड्रो इन्डियासँग नेपालमा यसअघि पनि धेरै आयोजनामा काम गरिसकेको अनुभव रहेकाले रोल्वालिङ खोलामा पनि जोडेका हौं । आशा छ समयमै उत्कृष्ट सेवा दिनेछ,' उनले भने ।
प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले एक वर्षअघि आयोजनाको निर्माण इपिसी मोडलमा गर्न ६ अर्ब रुपैयाँमा हाइ हिमालयसँग ठेक्का सम्झौता गरेको थियो । विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढेको जलविद्युत आयोजनाको सम्पूर्ण कार्यको ठेक्का इपिसी मोडलमा पहिलो पटक नेपाली निर्माण कम्पनीलाई दिइएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एमसीसीले पायो निरन्तरता
-
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार : अर्थमन्त्री पौडेल
-
उठेको राजस्व कर्मचारीका तलब भत्ता र सावाँ-ब्याज तिर्दैमा ठिक्क
-
नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
-
विकास हाइड्रोपावरको आईपीओको लागि आवेदन खुल्यो
-
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर