भारततर्फ सामान निर्यातको बाटो खुल्यो
जलसरोकार
काठमाडौँ, : भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।
गत पुस २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा बिआइएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो । नेपालका तर्फबाट प्राथमिकताका साथ उठाइएपछि भारतीय पक्षले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको थियो ।
भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्तालगायतका सामग्री निर्यातमा बिआइएस अनिवार्य गरेको छ । भारतले बिआइएस नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । बिआइएस नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीले नेपाल सरकारलाई दबाब दिँदै थिए ।
नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार बिआइएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ । उहाँले भारतले अहिले बिआइएस नवीकरण गरिरहेको बताए । उनका अनुसार अहिले करिब एक दर्जन उद्योगले बिआइएस नवीकरण गरिसकेको छ ।
केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पु¥याइएका ३४ ट्रक प्लाइउड बिआइएसको अभावमा नाकामै रहेको उनले जानकारी दिए । केही सिमेन्ट कम्पनीले पनि बिआइएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात गर्न लागेको जनाइएको छ ।
सो प्रमाणपत्र नवीकरणका लागि एक महिना म्याद अझै बाँकी रहेको छ । घिमिरेका अनुसार करिब तीन सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका र नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगले एक महिनाभित्र बिआइएस पाउनेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य