अविरल वर्षाले कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध
जलसरोकार
बागलुङ: लगातारको वर्षाका कारण खसेको ठूलो पहिरोले कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर क्षेत्रमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार आइतबार दिनभर दुई स्काभेटर परिचालन गरेर सडक खोल्ने प्रयास भए पनि पहिरो अत्यन्त ठूलो भएकाले अझै सञ्चालनमा ल्याउन नसकिएको हो ।
सडक बन्द हुँदा यात्रु तथा स्थानीयवासीलाई ठूलो असुविधा भएको छ । ठूला–ठूला चट्टानसहितको पहिरोका कारण अवरुद्ध सडक खोल्न कठिनाइ भइरहेको बताइएको छ। कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरी आज बिहानैदेखि पुनः पहिरो पन्छ्याउने काम सुरु गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स