लगातारको वर्षाले देशभरका १० राजमार्ग पूर्ण अवरुद्ध
जलसरोकार
काठमाडौं: लगातारको वर्षा र बाढी–पहिरोका कारण देशभरका १० प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १५८ राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गर्दा यातायात ठप्प भएको हो ।
कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आइतबार बसेको बैठकमा अवरुद्ध सडक तत्काल खोल्न निर्देशन दिएका छन् । सिंहले नागरिकलाई परेको समस्या समाधान गर्न चाँडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन सम्बद्ध निकायलाई आह्वान गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार केही राजमार्गमा पहिरो पन्छ्याउने र सफाइको काम भइरहेको छ । तर निरन्तर वर्षा र नदीमा बढ्दो बहावका कारण कतिपय स्थानमा सुधार कार्य अवरुद्ध भएको जानकारी दिएका छन् ।
अवरुद्ध भएका राजमार्गमा ठोरी,भण्डारा,मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग), रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग), चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर), छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर), कोइलाबास–लमही–अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम (सहिद मार्ग), सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक र तमोर नदीको रानी पुल बेलीब्रिज समावेश छन् ।
यस्तै चीनतर्फ जाने रसुवागढी खण्ड समेत बाढीले सडक कटान गर्दा अवरुद्ध भएको छ । सडक विभागले एक्साभेटर र लोडर परिचालन गरेर अवरुद्ध सडक खोल्ने प्रयास गरिरहेको तर लगातारको वर्षाले थप जोखिम बढाइरहेकाले तत्काल सबै सडक खुलाउन कठिन भएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो