अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध
जलसरोकार
गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट खटिएको टोली बिहानैदेखि सडक खुलाउन प्रयासरत भए पनि लगातार वर्षाका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ सवारीसाधन सञ्चालनमा आउन नसकेको छ । वर्षा रोकिनासाथ स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले उपकरणमार्फत पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारी गरेको अधिकारी सारुले बताए ।
कालीगण्डकी करिडोर सडकमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या पटक–पटक दोहोरिने गरेको स्थानीयले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
लोडसेडिङ अन्त्यबाट विद्युत् निर्यातसम्मको यात्रा साझा सफलता : कुलमान घिसिङ
-
पहिरो र कटानले नौ सडकखण्ड पूर्ण अवरुद्ध
-
विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष धितालद्वारा शपथ ग्रहण
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना