साताको तेस्रो कारोबारमा सेयर बजार ३३.१५ अंकले बढ्यो, ५ अर्ब ५५ करोडको सेयर खरिद बिक्री
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबारमा ८.९० अंकले बढेको बजार आजको कारोबारमा ३३.१५ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २११५.२४ विन्दुमा उक्लिएको छ । आजको कारोबारमा २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँग कारोबारमा पनि बढोत्तरी भएको छ ।
बजार बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ७४ हजार ८७७ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा ५ अर्ब ५० करोडको सेयर खरिद बिक्री भएको थियो । साताको तेस्रो कारोबारका दिन बरण हाइड्रो, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रो, भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढोत्तरी भएको छ ।
समूहगत उपसूचकतर्फ १३ वटै समूहको सेयर मूल्य बढेको छ । जसमा सबैभन्दा धेरै जलविद्युत् समूह २.५८ प्रतिशतले बढेको छ । यस्तै लाइफ इन्स्योरेन्स २.४० प्रतिशत, फाइनान्स समूह २.१६ प्रतिशत, निर्जीवन बीमा समूह २.१९ प्रतिशतको उच्च बढोत्तरी भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन