राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन


काठमाडौं - नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ ।
रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहनका लागि पुगेका हुन् । जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोला लाई अमानतको नाममा विचौलियाहरुलाई जिम्मा दिइएको पाइन्छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भएपनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।
धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । ती नदीहरुमा सयौँ टिप्परको लाइन दिनहुँ नै देखिन्छ । स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने, नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो । तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ ।
अवैध उत्खननले सिंचाई कुलोहरू समेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमिनसमेत जोखिममा परेको स्थानीयवासी बताउँछन् । जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षा याममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ ।
आयोजनालाई नगरले अमानतको नाममा खोला त जिम्मा दिएको छ तर विचौलियहरुले ढुवानीको जिम्मा पाएकाले आफ्नै घाटगद्दिमा लाएको पाइएको छ ।
व्यतिmको नाममा समेत रसिद काटेको देख्न सकिन्छ । यस विषयमा अनुगमानकारी निकाय मौन छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन