साताको अन्तिम कारोबारमा सेयरबजार १.९३ अंकले घट्यो
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबारको दिन सामान्य अंकको गिरावट देखिएको छ । बिहीबार बजार १.९३ अंकले घटेको छ । साताको अन्तिम कारोबार पश्चात समग्र बजार मापक परिसूचक २०७७.७८ मा कायम रहेको छ ।
आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ । सामान्य अंकले बजार घटेपनि इमर्जिङ नेपाल लघुवित्त, तथा मध्य सोलु जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । बुद्धभूमि नेपाल हाइड्रो पावर, मान्डु हाइड्रो लिमिटेड, सुपरमादीको सेयर मूल्य बढेको छ । आजको कारोबारमा ४ अर्ब ३८ करोड, ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ सेयर ५९ हजार ६५० पटकमा खरिद बिक्री भएको छ ।
साताको अन्तिम कारोबारमा समूहगत सूचकतर्फ होटेल एण्ड टुरिजम ०.११ प्रतिशत, हाइड्रोपावर ०.८२ प्रतिशत, इन्भेष्टमेन्ट ०.४८ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.९१ प्रतिशत तथा ट्रेडिङ समूह १.९६ प्रतिशत बढ्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना