साताको अन्तिम कारोबारमा सेयर बजार १० अंकले घट्यो
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक १० अंकले बढेको छ । बिहीबार सेयर बजार १०.४४ अंकले घटेको हो । अघिल्लो कारोबारमा सामान्य अंकले बढेको बजार आज भने १०.४४ अंकले घट्यो । साताको अन्तिम कारोबार पश्चात बजार २०६८.३१ अंकमा कायम भएको छ ।
१० अंकले बजार घट्दा ५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँ बराबरको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ५३ हजार १७ पटकमा खरिद बिक्री भएको छ । आज कालिका लघ्ुवित्त, बाराही हाइड्रो, सनराइज ब्लूचिप फण्ड, गुणविल फाइनान्स, ग्रीन भेन्चर लिमिटेडको सेयर शीर्ष कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १.८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ । यसदिन कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य ७.७१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १६० रूपैयाँ कायम भएको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ६.६३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२४ रूपैयाँ कायम भएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ९.२८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५४५ रूपैयाँ कायम भएको छ। यस्तै, भगवती हाइड्रोपावको मूल्य ५.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९५० रूपैयाँमा झरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा