साताको अन्तिम कारोबारमा सेयर बजार १० अंकले घट्यो
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक १० अंकले बढेको छ । बिहीबार सेयर बजार १०.४४ अंकले घटेको हो । अघिल्लो कारोबारमा सामान्य अंकले बढेको बजार आज भने १०.४४ अंकले घट्यो । साताको अन्तिम कारोबार पश्चात बजार २०६८.३१ अंकमा कायम भएको छ ।
१० अंकले बजार घट्दा ५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँ बराबरको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ५३ हजार १७ पटकमा खरिद बिक्री भएको छ । आज कालिका लघ्ुवित्त, बाराही हाइड्रो, सनराइज ब्लूचिप फण्ड, गुणविल फाइनान्स, ग्रीन भेन्चर लिमिटेडको सेयर शीर्ष कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १.८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ । यसदिन कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य ७.७१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १६० रूपैयाँ कायम भएको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ६.६३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२४ रूपैयाँ कायम भएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ९.२८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५४५ रूपैयाँ कायम भएको छ। यस्तै, भगवती हाइड्रोपावको मूल्य ५.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९५० रूपैयाँमा झरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना