साताको अन्तिम कारोबारमा सेयर बजार ९ अंकको करेक्सन, ६ अर्ब ४४ करोडको सेयर खरिद बिक्री
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक ९.३२ अंकले घटेको छ । अघिका ३ कारोबारमा सकारात्मक रहेको बजार आज सामान्य करेक्सन भएको हो । साताको अन्तिम दिनको कारोबारमा पश्चात बजार परिसूचक २११२.२९ विन्दुमा कायम छ । आज ९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ । एकल अंकले बजार घट्दा समृद्धि फाइनान्स, कुथेली बुखरी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
बजार घटेपनि कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा बढेको छ । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ७७ हजार ४ सय पटकमा खरिद बिक्री भयो । अघिल्लो कारोबारमा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
९ अंकले घटेको बजारमा विकास बैंक र फाइनान्स समूहको सेयर मूल्य बढ्दा बाँकी समूहगत सूचक राताम्मे देखिए । आज विकास बैंक समूह १.३१ प्रतिशत र फाइनान्स समूह २.०३ प्रतिशतले बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार