साताको अन्तिम कारोबारमा सेयर बजार ९ अंकको करेक्सन, ६ अर्ब ४४ करोडको सेयर खरिद बिक्री
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक ९.३२ अंकले घटेको छ । अघिका ३ कारोबारमा सकारात्मक रहेको बजार आज सामान्य करेक्सन भएको हो । साताको अन्तिम दिनको कारोबारमा पश्चात बजार परिसूचक २११२.२९ विन्दुमा कायम छ । आज ९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ । एकल अंकले बजार घट्दा समृद्धि फाइनान्स, कुथेली बुखरी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
बजार घटेपनि कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा बढेको छ । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ७७ हजार ४ सय पटकमा खरिद बिक्री भयो । अघिल्लो कारोबारमा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
९ अंकले घटेको बजारमा विकास बैंक र फाइनान्स समूहको सेयर मूल्य बढ्दा बाँकी समूहगत सूचक राताम्मे देखिए । आज विकास बैंक समूह १.३१ प्रतिशत र फाइनान्स समूह २.०३ प्रतिशतले बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा