सप्तरीमा खाँडो नदीको बाढी बस्तीमा पस्दा ३० घर डुबानमा
जलसरोकार
काठमाडौं – सप्तरीको रुपनी गाउँपालिकास्थित खाँडो नदीको बाढी बस्तीमा पसेको छ । खाँडो नदीको बाढी तटबन्धमाथिबाट बस्तीमा पस्दा रुपनी–१ का करिब ३० घर डुबानमा परेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार कञ्चनरूप नगरपालिका वडा नं। ३ र ११ तथा तिरुहुत गाउँपालिका वडा नं. १ र २ मा समेत बाढी पसेको छ भने राजविराजका घरहरूमा पनि पानी पसेको छ ।
बाढी र डुबानको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम तथा पीडितको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स