मध्यपूर्व तनावको असर : भारतमा प्रिमियम इन्धनको मूल्य वृद्धि
जलसरोकार
काठमाडौँ : मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्य वृद्धि भएको छ । तेल मार्केटिङ कम्पनीहरूले शुक्रबारदेखि लागू हुने गरी प्रिमियम पेट्रोलमा प्रतिलिटर करिब २.३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँसम्म वृद्धि गरेको जनाएका छन् ।
उक्त मूल्यवृद्धिको मुख्य कारण मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई मानिएको छ । कम्पनीहरूले नयाँ दर तत्कालै लागू भएको पुष्टि गरेका छन् ।
विशेषगरी औद्योगिक डिजेलको मूल्यमा भएको उल्लेख्य वृद्धिले उत्पादनमूलक क्षेत्र, ढुवानी सेवा तथा विद्युत उत्पादन जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । यसले उत्पादन लागत बढाउने हुँदा आगामी दिनमा ढुवानी भाडा र आपूर्ति शृङ्खलामा समेत दबाब पर्ने अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार इन्धन लागत बढेसँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना देखिएको छ । ढुवानी र उत्पादन खर्च बढ्दा बजारमा मूल्यवृद्धिको दबाब थपिने व्यवसायीहरूको आकलन छ ।
यद्यपि भारत सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई तत्काल ठूलो असर पार्ने विषयका रूपमा लिएको छैन । सरकारी पक्षका अनुसार कुल पेट्रोल प्रयोगकर्तामध्ये करिब २ देखि ४ प्रतिशत मात्रले प्रिमियम पेट्रोल प्रयोग गर्ने भएकाले यसको प्रभाव सीमित रहने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य