आइएमई ग्रुपले रोकायालाई पुरस्कारबापत हस्तान्तरण गर्यो रु एक करोडको चेक
जलसरोकार
काठमाडौँ, : विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई)बाट नेपाल पठाएबापत प्रमिला रोकायाले रु एक करोड पुरस्कार जितेकिछिन् । जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आइएमई ग्रुपले पुरस्कारबापत रु एक करोडको चेक हस्तान्तरण गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई आज कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे । चेक बुझेपछि उनले आइएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको बताईन् ।
गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक ‘लक्की ड्र’मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को भाग्यशाली विजेता बनेकिथिईन् ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको हो ।
आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आइएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले रु एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो । साथै प्रत्येक महिना एक जनाले रु एक लाख नगद प्राप्त गरेका छन् ।
आइएमई गरी ‘आइएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याइएको आइएमईले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना