जगदुल्ला ‘ए’ लगायतका जलविद्युत् आयोजना प्रदेश सरकार आफैंले बनाउने
जलसरोकार
सुर्खेत : सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमार्फत २० मेगावाटसम्मका जलविद्युत् आयोजना आफैं निर्माण गर्ने भएको छ।
‘कर्णालीको पानी,जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने यस्ता आयोजना कर्णालीवासीकै सेयर लगानीमा अघि बढाइने कर्णाली प्रदेशका मुख्यमन्त्री यज्ञराज जोशीले जानकारी दिएका छन् ।
प्रदेश सरकारले डोल्पामा निर्माणाधीन जगदुल्ला ‘ए’ लगायतका जलविद्युत् आयोजना पनि आफ्नै लगानी र व्यवस्थापनमा अघि बढाउने तयारी गरेको जनाएको छ।
त्यस्तै, प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य ऊर्जा, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् आयोजना तथा मिनी ग्रिडमार्फत ग्रामीण क्षेत्रमा विद्युत् विस्तार गर्ने योजना समावेश गरिएको छ।
प्रदेश सरकारले ऊर्जा क्षेत्रलाई आत्मनिर्भरता र स्थानीय लगानी आकर्षणको प्रमुख माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य