कर्णालीका जलविद्युत् आयोजना अगाडि बढाइनेछ : ऊर्जामन्त्री खड्का
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना र कर्णाली प्रदेशका अन्य आयोजनालाई चाँडो अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् ।
कालीकोटको सर्वदलीय बैठकले फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम द्रुतगतिमा अघि बढाउनुपर्ने माग गर्दै मन्त्रालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खड्काले ४८० मेगावाट क्षमताको उक्त आयोजना भारतको एनएचपिसी लिमिटेडसँगको सहकार्यमा अघि बढाइने जानकारी दिए ।
“देशभरका आयोजनामा सरकारले मात्रै लगानी गर्न सक्दैन भनेर कम्पनी खोलेका हौँ । भियुसिएलले भारतको भरपर्दो कम्पनी एनएचपिसीसँग सहकार्य गरेर फुकोट कर्णालीलाई अघि बढाउन खोजेको छ । कम्पनीलाई ‘टाइमलाइन’ अनुसार काम गर्न निर्देशन दिइनेछ,” मन्त्री खड्काले भने ।
उनले आयोजना निर्माणमा मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई सुरक्षित वातावरण मिल्ने व्यवस्था हुने बताए । साथै, विपन्न नागरिकलाई बिनाधितो ऋण सुविधा मार्फत जलविद्युत् आयोजनामा शेयर खरिद गर्ने अवसर सरकारले उपलब्ध गराएको पनि उल्लेख गरे ।
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, कांग्रेस कालीकोटका सचिव नगेन्द्रबहादुर विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धनबहादुर बुढाले आयोजनालाई चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने