जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
जलसरोकार
सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले जलविद्युत् तथा ऊर्जा अभियन्ता कृष्णप्रसाद भण्डारीलाई राष्ट्रिय सभातर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
नेपाली कांग्रेसको आन्तरिक संगठन निर्माणमा सक्रिय, अनुभवी र सन्तुलित नेताका रूपमा चिनिएका भण्डारीलाई तीन दशकदेखि जलविद्युत तथा ऊर्जा क्षेत्रमा पनि आवद्ध छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानमा ऊर्जा विज्ञको रुपमा रही ऊर्जा नीति घोषणामा सहयोग पुर्याएका थिए ।
२०४८/४९ सालमा नेपाली कांग्रेसको खुला आर्थिक नीतिको माध्यमबाट निजी क्षेत्रमा जलविद्युतलाई प्रवेश गराउन भण्डारीले विशेष भूमिका निभाएका थिए ।
जिल्ला कार्यसमितिको पुस २५ गते बसेको बैठकले पार्टी विधान र केन्द्रीय निर्देशनअनुसार राष्ट्रियसभा, प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम बागमती प्रदेश कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज १५ गतेको निर्णयअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।
बैठकले राष्ट्रियसभा तर्फ बागमती प्रदेशबाट भण्डारीसहित विभिन्न पद, अनुभव र क्षेत्र प्रतिनिधित्व गर्ने नेताहरूको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा सह–महामन्त्री, महाधिवेशन सदस्य, ऊर्जा तथा सिँचाइ विज्ञ, युवा तथा महिला नेतृहरू समेटिएका छन्।
त्यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नं. १ र २ का लागि केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, जिल्ला सभापति जंग बहादुर लामा र युवा नेता महेन्द्र लामा सिफारिस भएका छन्।
समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि, जिल्ला उपसभापति, महिला संघ, युवा तथा विभिन्न भ्रातृ संगठनका नेताहरूलाई समेट्दै नामावली सिफारिस गरिएको छ।
जिल्ला कार्यसमितिले पार्टी विधानको धारा ३२ को उपधारा (८) बमोजिम समावेशी र सन्तुलित आधारमा उम्मेदवार सिफारिस गरिएको स्पष्ट पारेको छ। सिफारिस सूची बागमती प्रदेश कार्यसमितिलाई पठाइसकिएको जनाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु