सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडाैं : नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँनेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावटमा कारोबार भइरहेको छ।
बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा आएको यो गिरावट पछिल्ला दिनको तुलनामा उल्लेखनीय मानिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३०५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने बिहीबार यसको मूल्य ४ हजार ९४५ रुपैयाँ थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, डलरको दर तथा माग–आपूर्तिको अवस्थाका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा गिरावट देखिएको हुनसक्ने अनुमान गरिएको छ।
लगातार उतारचढाव भइरहने सुनचाँदी बजारमा पछिल्लो गिरावटले उपभोक्ता र लगानीकर्तामा मिश्रित प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना