सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकै दिन सुन प्रतितोला रु. ५ हजार ५०० र चाँदी प्रतितोला रु. २१५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु. २ लाख ८५ हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन (बुधबार) सुन प्रतितोला रु. २ लाख ९० हजार ५०० मा खरिदबिक्री भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला रु. ४ हजार ८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला रु. ५ हजार ८० मा कारोबार भएको थियो।
बजारमा सुन–चाँदीको मूल्यमा आएको यो गिरावटलाई अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्तिको प्रभावका रूपमा लिइएको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना