बिहीबार सुन तोलामा कति घट्यो ?
जलसरोकार
काठमाडाैं : बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। यस दिन सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतितोला ८५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
बजारमा दुवै बहुमूल्य धातुको मूल्यमा सामान्य गिरावट देखिए पनि कारोबार भने नियमित रूपमा भइरहेको व्यवसायीहरूले जनाएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य