हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयर आजदेखि खुला
जलसरोकार
काठमाडौँ : हिमालयन पावर पार्टनर लिमिटेडले आज (वैशाख १७) देखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा प्रत्येक १ कित्ता बराबर ०.५ कित्ताका दरले हकप्रद शेयर जारी गरेको हो।
यसअनुसार कम्पनीले ५३ करोड २७ लाख रुपैयाँभन्दा बढी मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन गर्नेछ। हकप्रद शेयरका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरेकाले चैत ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद जेठ ६ गते तोकिएको छ। कम्पनीको वित्तीय अवस्थाबारे गरिएको मूल्याङ्कनमा केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो शेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि यो बढेर १ अर्ब ५९ करोड ८१ लाख रुपैयाँभन्दा बढी पुग्नेछ।
कम्पनीले हकप्रदबाट संकलित रकम सहवित्तीयकरण ऋण तिर्न प्रयोग गर्ने जनाएको छ। प्राइम कमर्सियल बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक लगायत वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीमा उक्त रकम खर्च गरिनेछ।
हकप्रद निष्कासनले कम्पनीको पूँजी संरचना सुदृढ बनाउने र ऋणभार घटाउँदै वित्तीय सन्तुलन सुधार गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
इङ्वा हाइड्रोपावरको चैत मसान्तसम्म १ करोड १८ लाख नाफा, वित्तीय खर्च अझै उच्च
-
हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयर आजदेखि खुला
-
माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
-
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
-
माथिल्लो म्याग्दी जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्दै, १३ महिनामै ५० प्रतिशत भौतिक प्रगति
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव