सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हिमालयन पावर पार्टनरको ४८.५८ लाख कित्ता हकप्रद शेयर बाँडफाँट

जलसरोकार
बुधबार, जेठ २०, २०८३ | ०९:४२:४२ बजे

 

काठमाडौं : हिमालयन पावर पार्टनर लिमिटेडले निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले साविक शेयरधनीहरूका लागि १:०.५ अनुपातमा जारी गरेको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयरमध्ये ४८ लाख ५८ हजार ३४५ कित्ता शेयर रीतपूर्वक आवेदन दिएका ४६ हजार ७६९ जना शेयरधनीलाई बाँडफाँट गरेको जनाएको छ।

कम्पनीका अनुसार मिति २०८२ चैत ९ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले हकप्रद शेयर निष्कासन गरिएको थियो। हकप्रद शेयरको बाँडफाँट समितिले २०८३ जेठ १८ गते बाँडफाँट गरी सञ्चालक समितिलाई सिफारिस गरेको थियो भने कम्पनीको सञ्चालक समितिले जेठ १९ गते उक्त बाँडफाँटलाई स्वीकृति प्रदान गरेको हो।

कम्पनीले आफ्नो कायम हकभन्दा बढी शेयरका लागि आवेदन दिएका आवेदकहरूको हकमा बाँडफाँटमा नपरेको शेयरबापतको रकम जेठ २१ गते बिहीबारदेखि फिर्ता गर्न सुरु गरेको जनाएको छ। उक्त रकम आईपीएस (IPS) प्रणालीमार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

कम्पनीले आवेदनकर्ताहरूलाई आफ्नो बैंक खातामा रकम जम्मा भए–नभएको यकिन गर्न अनुरोध गरेको छ।

हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले निर्वाह गरेको थियो।

 

प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ | ०९:४२:४२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया