हिमालयन हाइड्रो एक्स्पोः अघिल्ला संस्करण भन्दा युवा सहभागिता बढ्यो
जलसरोकार
काठमाडौं– हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण सकिएको छ । बुधबारदेखि सुरु भएको एक्स्पो शुक्रबार सकिएको हो । अघिल्ला संस्करणभन्दा यस संस्करण युवा सहभागिता उल्लेख्य रहेको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।
हरेक स्टलमा युवाहरुले ऊर्जाको क्षेत्रमा भइरहेका विकास र नेपालमा ऊर्जाको सम्भावना र भविष्य बारे चासो राखेको इप्पानले जनाएको छ । चौथो संस्करणको एक्स्पो २५ हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए । यस्तै इप्पानले एक्स्पोको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगिताको विजेता समेत सार्वजनिक गरेको छ ।
जसमा सर्ट भिडिओ कम्पिटिसनमा निर्भिक भण्डारी प्रथम, आयुश भट्टराई दोस्रो र शशीशेखर थापा तेस्रो भएका छन् । हाइड्रो प्रडक्ड एण्ड सर्भिसेजमा काठमाडौं विश्वविद्यालय समूह टीम ऊर्जा, रुलर कम्युनिटी हिट ग्रीडसिस्टम र प्याक्ट बेड इनर्जी स्टोरेज सिस्टम क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । विजेताले क्रमशः ४४ हजार, २२ हजार र ११ हजार पुरस्कार प्राप्त गरेका छन् । एक्स्पोमा विभिन्न ७ वटा सत्र सञ्चालन भएको थियो ।












लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत प्रगति, २०८३ फागुनभित्र उत्पादन लक्ष्य
-
पश्चिमी वायूको प्रभावले पहाडी भू–भाग आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो