हिमालयन हाइड्रो एक्स्पोः अघिल्ला संस्करण भन्दा युवा सहभागिता बढ्यो
जलसरोकार
काठमाडौं– हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण सकिएको छ । बुधबारदेखि सुरु भएको एक्स्पो शुक्रबार सकिएको हो । अघिल्ला संस्करणभन्दा यस संस्करण युवा सहभागिता उल्लेख्य रहेको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।
हरेक स्टलमा युवाहरुले ऊर्जाको क्षेत्रमा भइरहेका विकास र नेपालमा ऊर्जाको सम्भावना र भविष्य बारे चासो राखेको इप्पानले जनाएको छ । चौथो संस्करणको एक्स्पो २५ हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए । यस्तै इप्पानले एक्स्पोको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगिताको विजेता समेत सार्वजनिक गरेको छ ।
जसमा सर्ट भिडिओ कम्पिटिसनमा निर्भिक भण्डारी प्रथम, आयुश भट्टराई दोस्रो र शशीशेखर थापा तेस्रो भएका छन् । हाइड्रो प्रडक्ड एण्ड सर्भिसेजमा काठमाडौं विश्वविद्यालय समूह टीम ऊर्जा, रुलर कम्युनिटी हिट ग्रीडसिस्टम र प्याक्ट बेड इनर्जी स्टोरेज सिस्टम क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । विजेताले क्रमशः ४४ हजार, २२ हजार र ११ हजार पुरस्कार प्राप्त गरेका छन् । एक्स्पोमा विभिन्न ७ वटा सत्र सञ्चालन भएको थियो ।












लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी