हिमालयन हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन भोलि, राष्ट्रपतिबाट उद्घाटन हुने
जलसरोकार
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा सुरु भएको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को औपचारिक उद्घाटन बिहीबार हुने भएको छ । एक्स्पोका बुधबारबाटै शुभारम्भ भइसकेको भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै औपचारिक उद्घाटन गर्ने भएका हुन् ।
राष्ट्रपति पौडेलको कार्य व्यस्थताका कारण दोस्रो दिनका लागि औपचारिक उद्घाटन सत्र राखिएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए ।
इपान महासचिव बलराम खतिवडाले एक्पोको पहिलो दिन सर्वसाधारणको राम्रो सहभागिता देखिएको बताए । उनले ३ दिनसम्म चल्ने एक्स्पोमा ५० हजार बढीले अवलोकन गर्ने लक्ष्इ राखिएको बताए ।
एक्स्पोको पहिलो दिन ३ वटा प्राविधिक सत्रहरू सम्पन्न भएका छन् । एक्स्पोमा राखिएका स्टलहरूमा दर्शकको घुईंचो लागेको छ । एक्स्पोमा १२ देशका १ सय भन्दा बढी स्टलहरू राखिएको छ ।
विशेष गरी काठमाडौं विश्व विद्यालयको ग्रीन हाइड्रोजन स्टलमा अवलोकनकर्ताको भीड लागेको छ । जलविद्युत आयोजना निर्माणमा उपयोग हुने उपकरण, ठूला मेसिनका स्टलमा पनि प्रवद्र्धक तथा अवलोकनकर्ताको भीड लागेको छ । बुधबारबाट सुरु भएको एक्स्पो शुक्रबार सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी