हिमालयन हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन भोलि, राष्ट्रपतिबाट उद्घाटन हुने
जलसरोकार
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा सुरु भएको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को औपचारिक उद्घाटन बिहीबार हुने भएको छ । एक्स्पोका बुधबारबाटै शुभारम्भ भइसकेको भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै औपचारिक उद्घाटन गर्ने भएका हुन् ।
राष्ट्रपति पौडेलको कार्य व्यस्थताका कारण दोस्रो दिनका लागि औपचारिक उद्घाटन सत्र राखिएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए ।
इपान महासचिव बलराम खतिवडाले एक्पोको पहिलो दिन सर्वसाधारणको राम्रो सहभागिता देखिएको बताए । उनले ३ दिनसम्म चल्ने एक्स्पोमा ५० हजार बढीले अवलोकन गर्ने लक्ष्इ राखिएको बताए ।
एक्स्पोको पहिलो दिन ३ वटा प्राविधिक सत्रहरू सम्पन्न भएका छन् । एक्स्पोमा राखिएका स्टलहरूमा दर्शकको घुईंचो लागेको छ । एक्स्पोमा १२ देशका १ सय भन्दा बढी स्टलहरू राखिएको छ ।
विशेष गरी काठमाडौं विश्व विद्यालयको ग्रीन हाइड्रोजन स्टलमा अवलोकनकर्ताको भीड लागेको छ । जलविद्युत आयोजना निर्माणमा उपयोग हुने उपकरण, ठूला मेसिनका स्टलमा पनि प्रवद्र्धक तथा अवलोकनकर्ताको भीड लागेको छ । बुधबारबाट सुरु भएको एक्स्पो शुक्रबार सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत प्रगति, २०८३ फागुनभित्र उत्पादन लक्ष्य
-
पश्चिमी वायूको प्रभावले पहाडी भू–भाग आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो