विभागले मंसिर ११ मा दुबै कम्पनीलाई पत्राचार गरी मंसिर १३ गते विभागमा छलफलका लागि बोलायो । उक्त बैठकमा पनि पान हिमालयले आफ्ना प्रतिनिधि पठाएन ।
विभागले आयोजना गरेको उक्त बैठकले अनुमति पत्र सम्बन्धी निर्देशिका, २९७५ को दफा २६(१) बमोजिम क्षेत्र कायमको सम्भावना हेर्न विभागबाट स्थगलत अवलोकन गरेपश्चात् थप छलफल गर्ने निर्णय गर्यो ।
प्राविधिक रुपमा सम्भव नै नभएको पीआरओआर बनाउने जस्तो प्राविधिक रुपमा सम्भव नरहेको कुरा उल्लेख गरी
उक्त दोहोरोपन रहेको क्षेत्रमा विभागका प्रतिनिधिहरुबाट स्थलगत भ्रमण गरी पुस ५ गते दिएको प्रतिवेदनको प्रस्तुतिसमेत भएको थियो । प्रतिवेदनमा लिखु १ जलविद्युत् आयोजनाको हेडवक्र्सलाई स्तरोन्नति नगरी उक्त आयोजना पीआरओआर बनाउन सम्भव नदेखिएको निष्कर्ष छ ।
उक्त प्रतिवेदन र अनुमतिपत्र सम्बन्धी निर्देशिकाका आधारमा विभागले २०८१ माघ २२ गते पान हिमालयको बढी भएको क्षेत्र (कोर्डिनेट्स) काट्ने निर्णय गर्यो ।
उक्त निर्णय विरुद्ध पान हिमालयले उच्च अदालततमा मुद्दा हाल्यो । अहिले यो मुद्दा विचाराधीन छ ।
निर्देशिकाको दफा ११(२) मा आंशिक रुपमा आयोजना क्षेत्र दोहोरो परेको भए पनि दोहोरो नपरेको बाँकी क्षेत्रमा आयोजना सम्भाव्य हुने देखिएमा वा स्रोतको उपयोगमा दोहोरो नपर्ने तथा अन्य आयोजनाहरुको प्रस्तावित संरचना निर्माणमा बाधा नपर्ने एवं उत्पादन क्षमतामा समेत प्रतिकूल असार नपर्ने भएमा जलविद्युत् उत्पादन सर्वेक्षणको लागि दिइएको दरखास्त उपर आवश्यक छानबिन गरी उपयुक्ततताको आधारमा सर्वेक्षणको अनुमति पत्र प्रदान गर्न सकिने उल्लेख छ ।
‘जलविद्युत्को लाइसेन्स ३५ वर्षको भए पनि आयोजना बनिसकेपछि ३५ वर्षकै लागि बाँकी क्षेत्र दिने भन्ने हुँदैन,’ विभागका एक अधिकारीले बताए , ‘किनभने प्राकृतिक स्रोत र साधन कुनै व्यापारीको व्यक्तिगत पेवा होइन, स्रोतको अधिकतम सदुपयोग गर्ने सरकारी नीति नै छ, यो दुगडको पेवा हुन सक्दैन ।’
गत फागुन २७ गते न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले विद्युत् विकास विभागलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने टुंगोमा पुग्न दुबै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको थियो ।
त्यसपछि निवेदकको कानुन व्यवसायीबाट चारपटक स्थगित गराइएको थियो । चैत ८ गते न्यायाधीश चन्द्रमणि ज्ञवाली र प्रकाश खरेलको इजलासले अर्काे पेशी तोक्ने आदेश दिएको थियो । चैत २२ गते न्यायाधीश डालकुमार खड्का र कविप्रसाद न्यौपानेको इजलासले अन्तिम सुनुवाईको लागि पेश गर्ने आदेश दिएको थियो ।
दुगड ग्रुपलाई उच्च अदालत पाटनको झट्का : ‘बिजुली उत्पादन गरिसकेपछि खालि क्षेत्र कसैको पेवा होइन’
रामेश्वर खनाल आयोगको प्रतिवेदनमा जलविद्युत् विकासको ‘विरोधाभाष’
अर्थ मन्त्रालय प्रवेशमा कडाइ
कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु
विद्युत् उत्पादन गरेपछि मात्रै सर्वसाधरणलाई शेयर जारी गर्न पाइने
सिंगटी हाइड्रो इनर्जी लिमिटेड व्यवस्थापनमा अब्बल, आईएसओ प्रमाणपत्र प्राप्त