यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ ।
त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रूपैयाँ १६ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ कायम भएको छ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने