खोटाङमा हेलिकोप्टर दुर्घटना
जलसरोकार
खोटाङ : जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेसी क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको छ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा हेलिकोप्टर असन्तुलित भएको हो । “पहिला डिलमा अवतरण गर्ने प्रयास गरिएको थियो, पछि फेरि उठाएर बारीको बीचतर्फ लैजान खोज्दा दुर्घटना भएको हो,” उनले बताए।
घटनापछि हेलिकोप्टरमा सामान्य क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ भने विस्तृत विवरण आउन बाँकी रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता