महाकालीमा पानीको प्रवाह बढ्दा ठूला सवारी सञ्चालनमा रोक
जलसरोकार
कञ्चनपुर: सुदूरपश्चिममा गएरातिदेखि परिरहित वर्षा भइरहेकाले महाकाली नदीमा पानीको प्रवाह तीव्रगतिमा बढेको छ । पानीको सतह खतराको तह नजिक पुगेपछि सावधानीस्वरूप शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा अस्थायी रूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आज बिहान ११ बजेसम्म महाकालीमा पानीको प्रवाह १ लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार वर्षा अझै जारी रहेकाले नदीको बहाव थप बढ्ने सम्भावना छ। उनले भने, “सुरक्षाका दृष्टिले नेपाल–भारत सीमामा पर्ने बनबासा पुलमा चार पाङ्ग्रे सवारीको आवतजावत तत्कालका लागि रोकिनु परेको हो ।”
हाल दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रीको आवतजावत भने सुचारु रहेको प्रहरीले जनाएको छ। नदीमा पानीको बहाव बढेसँगै आसपासका बस्तीमा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
वर्षायाममा प्रायः जलस्रोतयुक्त सुदूरपश्चिमका नदीहरूमा पानीको सतह आकस्मिक रूपमा बढ्ने भएकाले महाकाली किनारका बासिन्दालाई सूचना प्रवाह, सुरक्षित स्थलमा बसाइँसराइ र आपतकालीन तयारीमा रहन सम्बन्धित निकायले सुझाव दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना